पोखरामा मनाइयो योग दिवस

पोखरामा मनाइयो योग दिवस


काठमाण्डु – १२ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा योगाभ्यास गरिएको छ । भारतीय राजदूतावासको आयोजनामा पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको हो ।

यस वर्ष स्वस्थ उमेरका लागि योग भन्ने नाराका साथ योग दिवस विश्वभर मनाइएको छ । प्रत्येक वर्षको जुन २१ मा योग दिवस मनाइन्छ । पोखरा रङ्गशालामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तवसहितको सहभागिता थियो ।

भारतीय दूतावासको आयोजनामा पोखरामा चौंथो पटक योग दिवस मनाइएको हो । योग अभ्यासपछि पत्रकारसँग कुरा गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन, तन्दुरुस्ती र अनुशासनका लागि योग आवश्यक रहेको बताए ।

२०१६ देखि २१ जुनमा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।