प्रधानमन्त्री बालेन चितवन जाँदा जहाजमा भिडियो र फोटो खिच्न रोक

प्रधानमन्त्री बालेन चितवन जाँदा जहाजमा भिडियो र फोटो खिच्न रोक


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चितवन प्रस्थान गरेका छन् ।

शाह श्रीमती सविना काफ्ले र छोरीका साथ आज बिहान करिब साढे १० बजेतिर काठमाण्डौंबाट भरतपुर विमास्थलका लागि उडेका हुन् ।

विमानस्थल र जहाजमा प्रधानमन्त्री शाह र उनका परिवारका सदस्यको तस्बिर तथा भिडियो खिच्न रोक लगाइएको थियो ।
शाह रास्वपा वरिष्ठ नेता हुन् । उनले भरतपुरस्थित गेष्ट हासउ चोकमा हुने महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्नेछन् ।