काठमाण्डु – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६९० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आइतबार एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




प्रतिक्रिया