चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रावि लामिछाने र काँग्रेस सभापति गगनकुमार थापाबीचको संवादहीनता तोडिएको छ ।
चितवनको भरतपुरमा आइतबार रास्वपा प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा लामिछाने र थापा केहीबेर गफिए ।
लामिछाने र थापाको बीचमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बसेका छन् ।
दुवै नेता एकअर्कातिर ढल्किएर गफिएको दृष्यलाई कार्यक्रममा उपस्थितहरुले चासोपूर्वक निकालेका थिए ।
लामिछाने र थापाबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।
लामिछानेलाई सहकारी ठगीको आरोप लागेपछि संसद बैठकमा थापाले आफूसँग त्यसबारेका थुप्रै प्रमाण रहेको बताएका थिए ।
लामिछानेले प्रमाण देखाउन चुनौती दिएका थिए । त्यसयता दुई नेताबीच प्रत्यक्ष र टेलिफोन संवाद भएको थिएन ।
भारत भ्रमणबाट फर्किएपछि लामिछानेले केही समयअघि बोलाएको विपक्षी दलका नेताहरुको बैठकमा समेत थापा गएनन् ।




प्रतिक्रिया