रास्वपा राष्ट्रिय राजनीतिमा कहाँनेर उभिन्छ भन्ने प्रश्न छ: प्रदीप ज्ञवाली

रास्वपा राष्ट्रिय राजनीतिमा कहाँनेर उभिन्छ भन्ने प्रश्न छ: प्रदीप ज्ञवाली


नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली राजनीतिमा आफ्नो वैचारिक र राजनीतिक अवस्थाबारे स्पष्टता ल्याउनुपर्ने बताएका छन्।

आइतबार रास्वपाको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै  उनले  पार्टीको नीति, सिद्धान्त र कार्यदिशा अझै स्पष्ट नभएको उल्लेख गरे। 

‘रास्वपाले कस्तो नीति, सिद्धान्त र कार्यदिशा लिन्छ भन्ने सबैको प्रश्नको विषय बनेको छ,’ उनले भने। 

उनले रास्वपाले श्रमजीवी तथा गरिखाने वर्गको हितलाई केन्द्रमा राखेर राज्यको भूमिकाबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने सुझाव दिए। 

‘गरीखाने वर्गलाई पनि राज्य चाहिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै रास्वपाले आफ्नो कार्यदिशा निर्धारण गरोस्,’ उनले भने।

ज्ञवालीले पार्टी नेतृत्वमा रवि लामिछाने र बालेन्द्र शाहजस्ता व्यक्तिहरू सर्वसम्मत रूपमा अघि आउने विश्वास व्यक्त गर्दै बधाइ समेत दिएका थिए।