काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले छिमेकी देशसँगको सिमा विषयका बारेमा स्पष्ट पारेका छन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै बालेन्द्रले आफूहरुले प्रमाणसहित सिमा विषयका बारेमा बोलेको प्रश्ट पारेका हुन् ।
उनले ‘हामीले सीमाको बारेमा बोल्दा आपत्ती जनाउनु भयो । हामीले प्रमाण देखाएर बोलेका हौं । हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’ ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’
यस्तै उनले थपे , ‘हाम्रो पार्टी विकासवादी र काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । कस्तो कुरामा मात्रै निहुँ खोजिन्छ भने विगतमा दिनमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको भने निहुँ खोज्छौ ।




प्रतिक्रिया