फिफा विश्वकप : न्युजिल्यान्डलाई हराउँदै इजिप्ट शीर्षस्थानमा उक्लियो

फिफा विश्वकप : न्युजिल्यान्डलाई हराउँदै इजिप्ट शीर्षस्थानमा उक्लियो


काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले हराएको छ।

समूह जीको यो खेलको ८२ औं मिनेटमा ट्रेजीले तेस्रो गोल गरेर न्युजिल्यान्डलाई पछाडि पारेका थिए। यस्तै, खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा भएको खेलमा १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए। त्यसपछि ५८ मिनेटमा मोस्तफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

यो जितपछि इजिप्टको नकाउट चरण प्रवेश निश्चित जस्तै बनेको छ ।