ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


काठमाण्डु – ट्रकमा स्कुटर ठोक्किँदा भरतपुर महानगरपालिकामा दुई युवकको मृत्यु भएको छ ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बाप्र ०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।