राहदानी हिनामिना : १० अर्ब बिगाे माग्दै महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा

राहदानी हिनामिना : १० अर्ब बिगाे माग्दै महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा


काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राहदानी प्रकरणमा करिब ८ अर्ब हिनामिना भएको निष्कर्ष निकाल्दै आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनालाई प्रतिवादी बनाएको छ ।

विभागका महानिर्देशक अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको गरिएकाे छ ।

राहदानी विभागले २०८१ मङ्सिरमा पाँच वर्षका लागी ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

बोलपत्र मूल्यांकनको लागी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ मा विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरेकी थिइन् ।

ठेक्का सम्झौता अनुसार राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम सुरु भएको छैन ।

तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवाको हकमा भने प्रमाण नपुगेको भन्दै आयोगको बैठकले मुद्दा नचलाउने निर्णय गरेको छ।