चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सोमबार बन्दसत्र नहुने भएको छ ।
प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गर्ने तयारी रहेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले जानकारी दिए ।
आयोगको बैठक बसेर बन्दसत्र स्थगनको औपचारिक सूचना निकाल्ने तयारी छ ।
बन्दसत्र भोलि मंगलबारबाट सुरु हुनेछ । सोमबार बन्दसत्र सकेर निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका भए पनि सोमबार महाधिवेशन अन्तर्गत कुनै पनि औपचारिक कार्यक्रम हुन सकेनन् ।




प्रतिक्रिया