सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे नकआउट चरणमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फिफा विश्वकप–२०२६ अन्तर्गत नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ।

न्यूयोर्क न्यू जर्सी स्टेडियममा भर्खरै सकिएको सेनेगललाई ३–२ ले हराउँदै नर्वे नकआउट चरण प्रवेश गरेको हो ।

नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा २ र खेलको ४३ औं मिनेटमा मार्कस पेडेरेसनले १ गोल गरेका थिए।

नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो । समूह ‘आई’मा दुई खेलबाट नर्वेले ६ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै यो समूहको फ्रान्स पनि ६ अंकसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ।