एनसेल र ट्रिप टर्बोबीच सहकार्य, यात्रा र साहसिक गतिविधिमा ८ हजारसम्म छुट

काठमाण्डु– एनसेलका ग्राहकहरूले अब बस टिकट, आन्तरिक हवाई टिकट बुकिङ तथा विभिन्न साहसिक गतिविधिहरूमा ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेको छ ।

साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्रा तथा मनोरञ्जनात्मक गतिविधिमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको एनसेलले जनाएको छ ।

त्यस्तै, पहिलोपटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ छुट प्राप्त हुनेछ भने त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ छुट पाइनेछ । बस टिकट बुकिङमा १११ रुपैयाँ छुटको सुविधा उपलब्ध हुने जनाइएको छ ।

यी सुविधा एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सनमार्फत लिन सकिने कम्पनीले जनाएको छ । उक्त माध्यमबाट ग्राहकहरूले यात्रा, मनोरञ्जन तथा साहसिक गतिविधिसम्बन्धी विभिन्न छुटहरू सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका ग्राहकहरूले अब बस टिकट, आन्तरिक हवाई टिकट बुकिङ तथा विभिन्न साहसिक गतिविधिहरूमा ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेको छ ।

साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्रा तथा मनोरञ्जनात्मक गतिविधिमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको एनसेलले जनाएको छ ।

त्यस्तै, पहिलोपटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ छुट प्राप्त हुनेछ भने त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ छुट पाइनेछ । बस टिकट बुकिङमा १११ रुपैयाँ छुटको सुविधा उपलब्ध हुने जनाइएको छ ।

यी सुविधा एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सनमार्फत लिन सकिने कम्पनीले जनाएको छ । उक्त माध्यमबाट ग्राहकहरूले यात्रा, मनोरञ्जन तथा साहसिक गतिविधिसम्बन्धी विभिन्न छुटहरू सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कम्पनी ग्राहकलाई दूरसञ्चार सेवाभन्दा बाहिरका अतिरिक्त लाभ उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । उनका अनुसार ट्रिप टर्बोसँगको सहकार्यले ग्राहकलाई यात्रा र लाइफस्टाइलसँग सम्बन्धित सेवामा बचत गर्ने अवसर प्रदान गर्नेछ ।

एनसेलले यो सहकार्यलाई डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा आफ्नो यात्राको अर्को महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । कम्पनीले एनसेल एपमार्फत विभिन्न सेवा र साझेदारका अफरहरू एकीकृत गर्दै ग्राहक अनुभवलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।