रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र बाढ्न थालियो, बन्दसत्र १ बजेदेखि सुरु हुने

रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र बाढ्न थालियो, बन्दसत्र १ बजेदेखि सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ । चितवनमा जारी पहिलो महाधिवेशनमा केहि बेर अघिबाट प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।

परिचयपत्र वितरणको काम छिटो सक्न विभिन्न ९ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।

रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार ७ प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ ।

प्रतिनिधिको टुंगो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको बताएका छन् ।

परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी रहेको छ । हिजो हुने भनिएको बन्दसत्र आज हुने छ ।