राजु पाण्डेले भने- परिवर्तन अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन

राजु पाण्डेले भने- परिवर्तन अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले नेपालमा राजनीतिक परिवर्तनको वास्तविक प्रभावबारे प्रश्न उठाएका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनलाई लक्षित गर्दै उनले राजनीतिक संरचना र व्यवहारमा देखिएको निरन्तरतामाथि टिप्पणी गरेका हुन्। 

पाण्डेले राजनीतिक पद प्राप्तिको क्रमबद्ध अभ्यासप्रति संकेत गर्दै प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद, मन्त्री, संसदीय समितिको सभापति, पार्टी पदाधिकारी हुँदै केन्द्रीय सदस्यसम्म पुग्ने प्रवृत्तिले परिवर्तनको उद्देश्यमाथि प्रश्न उठाएको बताए।

संसदीय समितिका सभापतिहरू अझै पनि सुरक्षा सुविधा (पिएसओ) सहित हिँडिरहेको उदाहरण दिँदै परिवर्तनको सारबारे प्रश्न उठेको पाण्डेको भनाइ छ। 

‘परिवर्तनको नाममा फेरिएको के हो? कि परिवर्तन केवल अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन?,’ उनले भने।