काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्रका कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ ।
बन्दसत्रमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनुका साथै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ।
कार्यतालिका अनुसार मंगलबार दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको प्रारम्भ गर्ने छन् ।
२:१० बजेदेखि अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफल हुने छ ।
२ः३० देखि ३ बजेसम्म पार्टीको वित्तीय प्रतिवेदनमाथि छलफल
३ देखि ३ः४५ बजे सम्म सांगठनिक प्रतिवेदनमाथि छलफल
३ः४५ देखि ४ः४५ सम्म केन्द्रीय विधान संशोधन प्रस्तावमाथि प्रस्तुति र अनुमोदन
४ः४५ देखि ५ः१५ सम्म राष्ट्रिय स्वार्थ सम्बन्धी पार्टीको राजनीतिक प्रस्तावना
५ः१५ देखि ३ः३५ सम्म सभापति रवि लामिछानेद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुति
३ः३५ देखि ६ः४५ सम्म प्रतिवेदनमाथि छलफल तथा सुझाव संकलन
निर्वाचन प्रक्रियासम्बन्धी जानकारी सार्वजनिक गर्ने कार्यक्रम रहेका छन्।
अहिले परिचयपत्र वितरणको काम भइरहेकाे छ । वितरणको काम छिटो सक्न विभिन्न ९ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।





प्रतिक्रिया