विष्णु पौडेल पक्राउ परेपछि जनार्दन शर्माले किन ताने खुट्टा ?

विष्णु पौडेल पक्राउ परेपछि जनार्दन शर्माले किन ताने खुट्टा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफूविरुद्ध ‘मिडिया ट्रायल’ भएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफूसँग सरोकार नै नभएको विषयमा भ्रम छर्ने प्रयास भइरहेको बताएका हुन् ।


सम्पत्ति शुद्धीकरण र त्रितोपत्र कारोबारसम्बन्धी कसुरमा थुनामा रहेका दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमा पौडेलपछि शर्मा छानबिनको ‘राडार’ मा रहेको भन्दै अपुष्ट हल्ला फैलिएको छ ।

शर्माले सोही विषयतर्फ लक्षित गर्दै आफूबारेका चर्चाप्रति आपत्ति जनाएका हुन् ।

उनले आफूले पहिले नै सम्पत्ति छानबिन गर्नुपर्नेबारे सदन र पार्टीमा विषय राखेको र त्यसमा अडिग रहेको उल्लेख गरेका छन् ।

‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ । त्यसमा म अहिले पनि अडिग छु’, शर्माले लेखेका छन्, ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’