काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि प्रतिनिधि संख्या ४ हजार २११ पुगेको छ।
दाबी–विरोधपछि गरिएको रूजु प्रक्रियापछि प्रतिनिधि कार्ड वितरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशगत विवरणअनुसार कोशीमा ५५१, मधेसमा ५४०, बागमतीमा ५०२, गण्डकीमा ३५६, लुम्बिनीमा ५२२, कर्णालीमा ३१३ र सुदूरपश्चिममा ४०० प्रतिनिधि रहेका छन्।
प्रवास समिति र संघीय सांसदहरूको प्रतिनिधित्व पनि समावेश हुने भएकाले कुल संख्या अझै बढ्ने सम्भावना रहेको छ।
प्रवास समितिको विवरण भने अहिले पनि रुजु भइरहेको छ।
यसैबीच, महाधिवेशनको बन्द सत्र सोमबार सुरु गर्ने कार्यतालिका भए पनि प्रतिनिधि संख्या टुंगो नलाग्दा कार्यक्रम स्थगित भएको थियो। बन्द सत्र मंगलबार बिहानदेखि सुरु हुने भनिएता पनि अहिलेसम्म सुरू भएको छैन।




प्रतिक्रिया