काठमाडौं उपत्यकामा साँझ सम्म नै वर्षा हुने

काठमाडौं उपत्यकामा साँझ सम्म नै वर्षा हुने


काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मंगलबार रातिदेखि नै पानी परेको छ । काठमाडौँ उपत्यकामा अहिले पनि पानी परिरहेको छ ।

उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै चिसो महसुस भैरहेको छ। भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको छ। काठमाडौंसहित देशका मध्य र पश्चिम भेगमा परिरहेको वर्षा बुधबार साँझदेखि रोकिनेछ भने बिहिबार विहानदेखि पुर्वी भेगमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ। वर्षा र हिमपातले जनजिवन कष्टकर भएको छ भने बिहिबार पूर्वका धेरैजसो स्थानमा पानी पर्नेछ भने यी स्थानहरुका उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ।

काठमाडौंमा पानी परेपनि धेरै चिसो भने बढेको छैन्। उपत्यकााको आजको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ भने दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसम विज्ञान विभागले जनाएको छ।