युएई – दोलखाका डिल्ली कुमार दाहाल अहिले (संयुक्त अरब इमिरेट्स) युएईको ठूलो सहरमा सेफका रूपमा कार्यरत छन् । पोखरा विश्वविद्यालयबाट बीएचएम पूरा गरेपछि दाहाल सपनाको भारी बोक्दै २०२२ मा सपनाको शहर दुबईको यात्रामा निस्किए ।
उनले २०२२ मा नै बुल्गेरी रीसोर्ट दुबईमा इन्टर्नसीपका लागी अवसर पाए जहाँ उनले विना पारिश्रमीक १५ महिनासम्म कामहरु सिक्दै गए । अहिले उनै डिल्ली कुमार दाहाल बुल्गेरी रीसोर्ट दुबईमा सेपको रुपमा कार्यरत रहेका छन् । जहाँ उनले जापानीज परिकारका साथै अन्य आइटमहरु पनि बनाउँछन् ।
डिल्ली दाहाल उर्फ दिल कुमार दाहाल नाम जस्तै मनका पनी दिलदार छन् सरल सहज र मिजासिला छन् । उनले होटल तथा आतिथ्य क्षेत्रमै आफ्नो भविष्य निर्माण गर्ने लक्ष्यका साथ विदेशिएको यात्रा सुरुमा उत्साहजनक भए पनि वास्तविकता भने निकै फरक पाए।
कहिले लामो समयसम्म उभिएर काम गर्नुपर्यो, कहिले अत्यधिक व्यस्त समयमा दबाब झेल्नुपर्यो, तर ती सबै अनुभवहरूले मलाई अझ सक्षम र आत्मविश्वासी बनाउँदै लगे ।
‘नयाँ देश, नयाँ वातावरण र अपरिचित संस्कृतिमा घुलमिल हुन समय लाग्यो। अध्ययनअनुसारको अवसर खोज्ने क्रममा धेरै चुनौती सामना गर्नुपर्यो। कतिपय अवस्थामा आफ्नो योग्यता र अनुभवभन्दा फरक काम गर्नुपर्ने अवस्था पनि आयो। तर कठिनाइका बाबजुद पनि मैले आफ्नो लक्ष्य छोडिनँ ।’ दाहालले भने।

विदेशको यात्रा केवल आर्थिक अवसरको खोजी मात्र नभई जीवनका अनेकौं पाठ सिक्ने अनुभव पनि बनेको उनले बताए ।
‘दुबईमा काम गर्दै जाँदा अन्तर्राष्ट्रिय कार्य वातावरण, अनुशासन र व्यावसायिक सीपबारे धेरै कुरा सिक्ने अवसर मिल्यो । संघर्षका ती दिनहरूले मलाई अझ परिपक्व, आत्मविश्वासी र जिम्मेवार बनायो। आज पनि आफ्नो पेशागत उन्नति र सफल भविष्यको सपना पछ्याइरहेको छु। विदेशको यात्रा केवल आर्थिक अवसरको खोजी मात्र नभई जीवनका अनेकौं पाठ सिक्ने अनुभव पनि बनेको छ। मेहनत, धैर्य र सकारात्मक सोचका साथ अघि बढेमा जुनसुकै चुनौती पार गर्न सकिन्छ भन्ने विश्वास मेरो अनुभवले दिलाएको छ।’
‘समयसँगै मैले एउटा किचनबाट अर्को किचनमा पुग्ने अवसर पाएँ। प्रत्येक किचनले मलाई नयाँ अनुभव, नयाँ सीप र नयाँ चुनौतीहरू सिकायो । फरक–फरक राष्ट्रियताका शेफहरूसँग काम गर्ने अवसरले मेरो व्यावसायिक ज्ञानलाई अझ फराकिलो बनायो। कहिले लामो समयसम्म उभिएर काम गर्नुपर्यो, कहिले अत्यधिक व्यस्त समयमा दबाब झेल्नुपर्यो, तर ती सबै अनुभवहरूले मलाई अझ सक्षम र आत्मविश्वासी बनाउँदै लगे ।’ उनले थपे ।

किचन परिवर्तनसँगै सोच, सीप र जीवनप्रतिको दृष्टिकोण पनि परिपक्व हुँदै गएकाे उनकाे अनुभव छ ।
उनी भन्छन्, ‘हरेक नयाँ कार्यस्थलसँगै मैले आफ्नो क्षमता प्रमाणित गर्ने प्रयास गरें। मेहनत, अनुशासन र सिक्ने इच्छाशक्तिका कारण जिम्मेवारीहरू पनि बढ्दै गए । एउटा साधारण हेल्परका रूपमा सुरु भएको मेरो यात्रा आज अनुभव, संघर्ष र उपलब्धिहरूले भरिएको प्रेरणादायी यात्रामा परिणत भएको छ । किचन परिवर्तनसँगै केवल कार्यस्थल मात्र फेरिएन, मेरो सोच, सीप र जीवनप्रतिको दृष्टिकोण पनि परिपक्व हुँदै गयो।’
पकाउन जानियो भने परिवार राम्रोसँग धान्न सकिन्छ। तर नयाँ परिकारबारे अपडेट चाहिँ हुनुपर्छ
अहिले उनी होसिकीमा काम गरिरहेको छन् जहाँ जापानी परम्परा,संस्कृति र उत्कृष्ठ स्वादलाई प्रतिनिधित्तव गर्ने एक प्रतिष्ठित टेडीसनल जापनीज शुसी रेस्टोरेन्ट हो । अझ अर्को कुरा होसिकी एक मिचलिनस्टार रेस्टोरेन्ट हो जसले विश्वकै उत्कृष्ट र उच्चस्तरीय रेस्टुरेन्टहरूमध्ये आफ्नो विशेष पहिचान बनाएको छ।
‘यस्तो प्रतिष्ठित स्थानमा पुगेर काम गर्ने अवसर पाउनु मेरो लागि सपना पूरा भएजस्तै अनुभव भएको छ’ डिल्लीले भने ।’यहाँसम्म पुग्नु मेरो लागि सामान्य ट्रान्सफर थिएन, यो निरन्तर मेहनत, धैर्य, समर्पण र सिकाइको प्रतिफल थियो । कहिलेकाहीँ थकानले शरीरलाई रोक्न खोज्यो, तर सपनाले मनलाई अघि बढ्न सिकायो । आज पछाडि फर्केर हेर्दा हरेक संघर्ष, हरेक चुनौती र हरेक पसिनाको थोपाले मेरो यात्रालाई अझ बलियो बनाएको देख्छु । म जहाँ छु, त्यो भाग्यले दिएको स्थान होइन, आफ्नै मेहनतले कमाएको स्थान हो’ उनी भन्छन्।
उनी सेफको काममा अवसर र चुनौती दुवै देख्छन्। ’पकाउन जानियो भने परिवार राम्रोसँग धान्न सकिन्छ। तर नयाँ परिकारबारे अपडेट चाहिँ हुनुपर्छ,’ २९ वर्षीय डिल्लीले भने, ’खानेकुराको ट्रेन्ड अनुसार अपडेट हुन सकिएन भने आफू पछि परिन्छ।’

आजको नेपाली समाजमा विदेश जानु सफलताको एउटा सूचक जस्तै बनेको छ। तर विदेशको चमकधमकभित्र अनेकौं संघर्ष र चुनौती लुकेका छन्। विदेशमा सफलता प्राप्त गर्ने धेरै उदाहरण छन् भने अपेक्षाअनुसार अवसर नपाएर निराश हुने युवाको संख्या पनि कम छैन।




प्रतिक्रिया