उपाध्यक्ष पौडेललाई गैरन्यायिक ढंगले पक्राउ गरिएको एमालेको निष्कर्ष

उपाध्यक्ष पौडेललाई गैरन्यायिक ढंगले पक्राउ गरिएको एमालेको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई पूर्वाग्रह ढंगले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

बैठकले पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलापमा रहेकाले अविलम्ब विना शर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई शृंखलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए । सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने उनले बताए ।

बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले सदनबाट संघर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिए ।