काठमाडौंको चन्द्रागिरीमा हिउँ (फोटोफिचर)


काठमाडौं – पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर परेको वर्षाले हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिको झरीसँगै मौसम चिसो भएपछि काठमाडौंको चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ। हिउँ परेसँगै काठमाडौं उपत्यकाका मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् ।

हिउँ परेपछि चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । हिमपातका कारण चिसो बढेको छ। दिउँसो पनि मौसममा सुधार हुने छैन्। देशभर सामान्यदेखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ।

तस्बिरहरुः चन्द्रागिरी हिल्स

प्रतिक्रिया दिनुहोस
Advertisement