काठमाण्डु– बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेर ४४८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया