होर्मुज जलमार्ग बन्द हुँदा १ हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

होर्मुज जलमार्ग बन्द हुँदा १ हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा १ हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित लन्डन क्षेत्रमा फसेका छन् ।

बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै उक्त जानकारी दिएको हो ।

लियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ ।

आधिकारिक तथ्यांकले यस अघिको हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ ।

द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरुमा संकट ल्याएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकहरुको मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ । -एजेन्सी