काठमाण्डु– बुधबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १४ अंकले घटेर परिसुचक २६६० मा झरेको छ ।
यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको कारोबार भयो ।
कारोबारमा आएका ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको मूल्य घटेको छ । यस्तै १० कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबारका आधारमा यसदिन आँखुखोला हाइड्रोपावरले सबैभन्दा धेरै २९ करोड बराबरको कारोबार गर्यो ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्लीङ् हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । यस्तै भुजुङ हाइड्रोको सेयर मूल्य ११ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको सेयर ५ प्रतिशतले घट्यो । आज फाइनान्स र व्यापार बाहेक सबै सूचक घटे ।




प्रतिक्रिया