काठमाण्डु – प्रभू बैंकको ऋण अपचलनको मुद्दामा उच्च अदालत पाटनले आरोपी ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
अदालतको संयुक्त वाणिज्य इजलाशका न्यायाधीद्वय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको इजालशले पाण्डेलाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको थियो । अदालतमा उपस्थित भएका बाहेकका फरार प्रतिवादीलाई पक्राउ पुर्जी जारी गरेर कारागार पठाउन इजलासले आदेश दिएको छ ।
बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको अभियोगमा मुद्दामा ७२ करोड ७७ लाख ६ हजार ९०० रूपैयाँ ०६ पैसा विगो कायम गरिएको छ । मुद्दामा ओम प्रसाद पाण्डे, अशोक शेरचन, मनिराम पोखरेल, ऋशव श्रेष्ठ, रश्मी पन्त, देव ढुंगाना, हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेश कुमार तिवारी र हरिकृष्ण भट्टचन प्रतिवादी रहेका छन् ।




प्रतिक्रिया