भक्तपुरमा पनि देखियो ‘बर्डफ्लू’, ११ जिल्लामा फैलियो संक्रमण

भक्तपुरमा पनि देखियो ‘बर्डफ्लू’, ११ जिल्लामा फैलियो संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।

बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए ।

बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए ।

जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।

पछिल्लो तथ्या‌क अनुसार नेपालका ११ जिल्लामा बर्डफ्लू फैलिएको छ । गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्डफ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।