सरकारसँग सुकुम्बासीका पाँच माग, अन्यथा पुरानै बस्तीमा फर्किने चेतावनी

सरकारसँग सुकुम्बासीका पाँच माग, अन्यथा पुरानै बस्तीमा फर्किने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार स्थायी बसोबासको सुनिश्चितता नगरी सेन्टर खाली गर्न खोजिएको भन्दै उनीहरूले सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका हुन्।

सुकुम्बासीहरूले आफूहरूलाई बस्ने वैकल्पिक स्थान नदिई जबरजस्ती हटाउन खोजिए पुरानै बस्तीमा फर्केर बस्न बाध्य हुने चेतावनी दिएका छन्।

चुनावका बेला जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएका वर्तमान सरकार प्रमुख बालेन्द्र साहले अहिले आफूहरूलाई समस्यामा पारेको उनीहरूको आरोप छ।

होल्डिङ सेन्टरमा दुई महिनादेखि बस्दै आएका पीडितहरूले त्यहाँ पर्याप्त खाद्यान्न तथा आधारभूत सेवासुविधाको समेत अभाव रहेको गुनासो गरेका छन्।

यस्तै, बालबालिकाको शिक्षासमेत प्रभावित भएको उनीहरूले बताएका छन्।

यस्तो छ उनीहरूले जारी गरेको सरोकार पत्र-