काठमाण्डु– नेपाली सेनाको अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा कैलालीमा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार सोही क्रममा हुद्दा हिमालविक्रम बिष्ट र हिमराज जोशी दुई जना घाइते भएका थिए। हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको हो। अर्का घाइते सहसेनानी हिमराज जोशीलाई हेलिकोप्टरमार्फत् थप उपचारको लागि काठमाण्डु ल्याइएको छ।
हुद्दा हिमाल विक्रम बिष्टको दाहिने हातको हत्केला र छर्राले शरीरको अन्य भागहरूमा चोट लागेको थियो। नजिकै रहेका सहसेनानी हिमराज जोशीलाई पनि शरीरमा छर्रा लागेर घाइते भएका थिए। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ग्रिनेड तालिमको क्रममा दुर्घटना भएको हो।
‘हुद्दा विष्टले ग्रिनेड फ्याँक्नेक्रममा हातमा पड्किएको हो,’ उनले भने।




प्रतिक्रिया