रास्वपालाई अमरेशको चेतावनी : संघीयतामा छेडखानी गरे जनताले सशक्त प्रतिरोध गर्नेछन्

रास्वपालाई अमरेशको चेतावनी : संघीयतामा छेडखानी गरे जनताले सशक्त प्रतिरोध गर्नेछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने प्रस्ताव पारित भएपछि सोही पार्टीका सांसद अमरेशकुमार सिंहले जनताले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

रास्वपा नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेकै बेला जनकपुरधामबाट सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सांसद सिंहले लेखेका छन्, ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु– नेपालको लोकतन्त्र, संघीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्, जनताले सुशासन र समृद्धि खोजेका छन् । हामी हरेक कदममा जनताको साथ हुनेछौं ।’

रास्वपाले प्रदेशसभा खारेजीका पक्षमा वकालत गर्दै आए पनि यसपालि महाधिवेशनबाटै त्यस्तो प्रभाव पारित गरेको छ ।