काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् ।
पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
विद्युतीय भोटिङ र प्रवासबाट मोबाइल एप भोटिङबाट चुनिएका ९९ जना केन्द्रीय सदस्यहरूको मतसहितको नामावली रास्वपाले औपचारिक रूपमा सार्वजनिक गरेको हो। बाँकी ५१ केन्द्रीय सदस्यहरू सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था रहेको छ।








प्रतिक्रिया