काठमाण्डु- फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीएले अमेरिकालाई हराएको छ।
अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरे । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि १० औं मिनेटमा टर्कीएका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
यस्तै, ३१ औं मिनेटमा टर्कीएका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए । अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् ।
तर, अन्तिममा टर्कीएले फेरि गोल गरेसँगै अमेरिका पराजित भयो । टर्कीए यसअघि पाराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो । हारका बाबजुत पनि सहआयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ ।
समूह चरणको अन्तिम खेलमा टर्कीएसँग पराजित भएपनि यसअघि दुई खेलमा जित निकालेकाले ६ अंकसहित तालिकामा शीर्ष स्थानमा कायम छ ।
यस्तै अष्ट्रेलिया र पाराग्वेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । तालिकामा दोस्रो हुँदै अष्ट्रेलियाले नकआउट यात्रा सुरक्षित गरेको छ भने पाराग्वे पनि नकआउट चरणमा कायमै छ । तालिकामा दुवै टोलीले चार अंक जोडेका छन् ।




प्रतिक्रिया