सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको छ ।

अब एक तोला सुन खरिदको लागि दुई लाख ७९ हजार १०० रुपैयाँ खर्चिनुपर्नेछ । बिहीबार सुन तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँमा झरेको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।