काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीहरूको मतदान सकिएको छ। चितवनको महाधिवेशन स्थलमा केहिबेर अघि पदाधिकारीहरूको मतदान सकिएको हो ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ साँझ साढे ६ बजे हुने भएको छ। शपथ महाधिवेशन कार्यक्रम स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।
आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ।
महाधिवेशनबाट निर्वाचित हुने नयाँ पदाधिकारीले आगामी कार्यकालका लागि पार्टीको संगठनात्मक नेतृत्व सम्हाल्ने छन्।




प्रतिक्रिया