काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार साँझ कार्यक्रमस्थलकै हलमा पद तथा गोपनीयताको शपथ भएको हो। सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह, महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन्।





प्रतिक्रिया