कांग्रेस नेता अभिषेक गिरी पक्राउ

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरीलाई प्रहरीले शनिबार बिहान विराटनगरस्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गिरीको घरमा खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए । तर प्रहरीले गिरीको घरबाट के बरामद भयो भन्ने खुलाएको छैन ।

गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।

अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक–पटक विवाद गरेका थिए । उनीमाथि कैदीबन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप लागेको छ ।