काठमाण्डौं– काँग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएकामा रवि लामिछानेलाई बधाई दिएका छन् ।
खड्काले सामाजिक सञ्जाल एक्समार्फत लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
चितवनमा सम्पन्न रास्वपा महाधिवेशनबाट लामिछाने निर्विरोध सभापति निर्वाचित भएका थिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरैधेरै बधाई तथा कार्यकालको पूर्णसफलताको हार्दिक शुभकामना’ खड्काले एक्समा लेखेका छन् ।
खड्काले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत बधाई दिएका छन् ।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकामा पनि खड्काले बधाई भनेका छन् ।




प्रतिक्रिया