जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डु समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक ताससहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।