जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छ : पूर्व राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व राष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताएकी छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आईतबार आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उनले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा उभिएको धारणा राखिन् ।

कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नभएको उनको भनाइ छ । उनले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन् ।

‘रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकांक्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘समय अनुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।’

जनविश्वास पुन:आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति मात्र नभई समयानुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहीत हुनुपर्ने उनको कथन छ ।

फाउन्डेसनले वर्ष २०८२ को मदन भण्डारी राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गरेको छ । पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।