चट्याङ लागेर १ महिलाको मृत्यु

चट्याङ लागेर १ महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किमाथांका – संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ ।

आईतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।

वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । राईको शव आईतबारै जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।