विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा पहिलोपटक प्रि-क्वार्टरफाइनलमा पुग्यो

विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा पहिलोपटक प्रि-क्वार्टरफाइनलमा पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ (प्रि–क्वार्टरफाइनल)मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रङ्गशालामा सोमबार बिहान भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो । यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।

क्यानडा समूह बीमा दोस्रो तथा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।