पद्‌मश्री पुरस्कारका लागि १५ पुस्तकको नाम सार्वजनिक

पद्‌मश्री पुरस्कारका लागि १५ पुस्तकको नाम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पद्‌मश्री पुरस्कारका लागि १५ वटा पुस्तकको विस्तारित सूची सार्वजनिक भएको छ । पुरस्कार छनोट समितिले १५ वटाबाट अब पाँच पुस्तकको संक्षिप्त सूची तयार पार्ने जनाइएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष एक पुस्तकलाई पद्‌मश्री पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष पुरस्कारका लागि १ सय ९२ पुस्तक प्रतिष्ठानमा प्राप्त भएका थिए ।