काठमाण्डु– राष्ट्रियसभा सदस्यहरूले १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदस्यता दिएको विषयमा विरोध जनाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको शून्य सयममा बोल्दै राष्ट्रिय सभा सदस्य जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए।। तर रास्वपाले उक्त ऐनविरुद्ध काम गरेको उनको भनाइ छ ।
सांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै, सांसद्हरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए । उनीहरुले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए ।




प्रतिक्रिया