काठमाण्डु- मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत राव र सबइन्जिनियर बमबहादुर रावलविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै छविसपाथिभेरा–६ का वडाध्यक्ष मोहनलाल विक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवताको मन्दिर निर्माढाका लागि ५६ लाख ७ हजार ८९७ रुपैया ८० पैसाको लागत अनुमान गरिएको थियो।
त्यसमध्ये ४५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको थियो। त्यस्तै, उपभोक्ता सहभागिताबाट ११ लाख सात हजार ८९७ रुपैयाँ ८० प्रयास र कन्टिनजेन्सीतर्फ दुई लाख २५ हजार रुपैयाँ रहेको थियो।
उनीहरूले २२ लाख एक हजार ६६५ रुपैयाँ बीगो मागदाबी माग्दै आयोगले सोमबार विशेष अदालत, काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।




प्रतिक्रिया