विद्यार्थी संगठन हटाउन त्रिविले दियो निर्देशन

विद्यार्थी संगठन हटाउन त्रिविले दियो निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

सोमबार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गर्दै सरकारको निर्णय कार्यान्वयन गर्न सम्बन्धित क्याम्पसहरूलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप न्यूनीकरण, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरेको थियो।

यस्तै, ९० दिनभित्र विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गर्ने ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्न पनि निर्देशन दिएको छ।

त्रिविले जारी गरेको सूचनामा उक्त निर्णयअनुसार आवश्यक कार्य सम्पन्न गरी त्यसको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा उपलब्ध गराउन आंगिक क्याम्पसहरूलाई अनुरोध गरिएको छ।