काठमाण्डु – फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।
बुधबार बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
यस्तै नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे ।
खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । विश्वकपमा कुल १८ गोलसहित उनी मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन् ।




प्रतिक्रिया