एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १८० रुपैयाँले बढेर ४४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।