मुख्यमन्त्री शाहकाे घरमै पुगेर ट्राफिकले थमायाे चीट, के हाे कसुर ?

मुख्यमन्त्री शाहकाे घरमै पुगेर ट्राफिकले थमायाे चीट, के हाे कसुर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई चिट काटेको छ ।

बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई चिट काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शाहलाई चिट काटेको हो ।

मुख्यमन्त्री शाहलाई ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।

बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो ।

शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।