सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारामा सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण दुईतर्फी यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनबाट काठमाण्डु र पोखरातर्फ हिंडेका तथा मुग्लिनबाट भरतपुरतर्फ गइरहेका सयौं सवारी साधन र हजारौं यात्रु बीच बाटोमै रोकिएका छन् ।

प्रहरीका अनुसार डोजरको सहायताले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

सडक सञ्चालनमा आउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्यतर्फ जान प्रहरीले आग्रह गरेको छ ।