डोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

डोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली – डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आईतबार बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आईतबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिए । जीपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।

उनका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–७ का ४६ वर्षीय नन्दराम शाही, वडा नम्बर ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका–६ का २८ वर्षीय लालदेवी रोकाय, ४ वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, २ वर्षीय प्रितम बुढा, काइके गाउँपालिका–३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।

दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका–३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका–४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका–८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिए ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताए । उनका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।