यूएईद्वारा १ सय ११ नेपाली कैदीलाई आममाफी

यूएईद्वारा १ सय ११ नेपाली कैदीलाई आममाफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त अरब इमिरेट्स ( यूएई) ले विभिन्न अभियोगमा थुनामा रहेका १ सय ११ नेपाली कैदी–बन्दीलाई आममाफी दिएको छ ।

ईद अल–अधाको अवसरमा ती नेपालीले आममाफी पाएका हुन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी यूएई सरकारको निर्णको स्वागत गरेको छ ।

विज्ञप्तिमा मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष नेपालीलाई आममाफी दिन आग्रह गरेको उल्लेख छ ।

अरु मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको भए आममाफी पाएका नेपाली आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने मन्त्रालयले स्पष्ट गरेको छ ।


मन्त्रालयले नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको सन्दर्भमा आममाफीको निर्णयलाई सद्भावको प्रतीकका रूपमा लिइएको उल्लेख गरेको छ ।